गजल
गजलसपनीमा नबिराई आउँने तिमी को ?
थाहै नपाई दिल चोरी लाने तिमी को ? अङ्ग–अङ्ग चुम्बन गरी मनमा पसेर तिर्खा लाग्यो जवानीको भन्ने तिमी को ? बनि घाउँ मेरो मनको अझै चर्कदा शीतल–शीतल मलम बनि आउँने तिमी को ? एकोहोरो टोलाउँदै म रोएँ भनेर मेरो नाउँमा सँगै आँशु झार्ने तिमी को ? कहाँ जान्छु म के गर्छु सबै सोधेर पछ्याउँदै छायाँ बनि आउँने तिमी को ? लर्बराउदै बरबराउँदै म हिडे भनेर मुस्कुराउँदै मेरो बाटो छेक्ने तिमी को ? ◘ इन्दिरा थापा फूलासी—५ रामेछाप गजलखाल्डो भित्र रमाउँदै पार देखायौ नि त !
एकै निउँ काफी थियो हजार देखायौ नि त ! सायद धेरै दिएँ र नै तितो भो होला गुँँँँँड तिम्रै जित बोल्छ समाज हार देखायौ नि त ! प्यार नामले डो¥याएर दुर पा¥यौ खुशीसँग फूललेनै रेटिएथेँ धार देखायौ नि त ! राम नाम जप्दै लक्ष्मण वनेर नी, थहै छ स्वाङ्गे चाला सार देखायौ नि त ! सेर बनि गर्जिएर पनि बनावटी सारङ्गी र गितार देखायौ नि त !! ◘ रीना कार्की (भावना) फूलासी— १ रामेछाप |
|