Click to set custom HTML
कविता
जिन्दगीको एक पाटोप्रकृतिको नियम
जसलाई चाहेर पनि बदल्न सकिन्न, कति कठोर अनि निर्दयी छ ! जसले स्वयमलाई गुमाएर उसको पलपलमा साथ दिने गथ्र्याे आज उही टुहुरी भएकी छे । तर पनि उसलाई कुनै प्रवाह छैन प्रकृतिको अन्याय सम्झी जिन्दगीको अथाहा सपनाहरु पगुरी अन्दाकारमा लम्किन्छे, तर विडमबना, उसको पिर,मर्का कसैले बुझ्दैनन् दश ठाउँ टालेको चोली लाएकी शिसिर यामको सिरोटोसंगै दुई हात फिजाई जीवनको भिख मागीरहेकी थिई, हिजो पनि र आज पनि मागिरहेकी छे, तर माग्दा–माग्दै विलिन हुन्छे । विचरा उसको बच्चा, यता उती गरी रहेको छ । आमाले खानेकुरा दिन्छिन भनेर निन्द्रमा सयर गरेकी आमासंग आमा भोग लाग्योÞ Þ Þ Þ Þभन्छ, चिच्याउँछ, कराउछ, बर्वराउछ । तर, आमाको निन्द्रा कहिल्यै नखुलेपछि रुदै आमाको छेउ बस्छ । बाटामा ओहोर दोहोर गर्नेहरुले रोएको देखेर एक,दुई पैसा दिन्छन् त्यसैले पेट पुजा गर्दै ऊ, रत्नपार्कमा प्रतिक्षारत घडीमा अझै देख्न सकिन्छ । यति मात्र हैन त्यहाँ, अन्धाकारमा बाच्नेहरु पनि देख्न सकिन्छ, इशारामा चल्नेहरु पनि देख्न सकिन्छ । जीउने जिन्दगीमा यस्तै–यस्तै, धेरै –धेरै देख्न सकिन्छ , यसलाई प्रकृतिको नियती अनि बरदान ठान्नुपर्छ ।। ◘ रवि थापा फूलासी–५ रामेछाप, |
वास्तविकता ठूलो कष्ट भोगेपछि
अनौपचारिक अनुभूति आउछँ अनि सन्देश वाहक नसाहरु नसा–नसा चुम्दै जाजरकोट पुग्छन् हुम्ला,जुम्ला र महाकाली हेछर््न अनि त्यहाँको दर्दनाक स्थिती, र यति ठूलो भयानक महामारी पनि । तर, खै सरकारको दायित्व ? महामारी क्षेत्रको जनसँख्या दिन दुगुना र रात चौगुणा वड्दैछ कति मात्र सहनु जनताले बजार भाउ आकासिदो छ । काठमाण्डौको फोहोर र दुर्गन्धले स्वाइनफ्लू नआउला भन्न सकिन्न देश बनाउँछु भनेको सरकारले भ्रमण र सपथ खादै ठीक छ महान छन हाम्रा राजनीतिज्ञहरु अनि नेता भनौदाहरु पनि, भनिन्छ नी बाँदरले आफु पनि घर बनाउदैन र अरुले बनाएको पनि भन्काउँछ भनेर हो यही प्रवृत्तिबाट पोतिएका छन् हाम्रा देश हाक्ने ड्राईभरहरु यस्तै–यस्तै हुने हो भने, देशको अस्तित्व जोगाउन सायद हम्मे–हम्मे पर्नेछ अनि देशले बाध्य भएर बनाए हुन्छ ओटोहन जन्माए हुन्छ डाःगेटलिङ्ग बनाए हुन्छ मेसिनगण र चलाए हुन्छ तेस्रो विश्व युद्ध । जलाए हुन्छ नव वुद्ध ढाले हुन्छ पूर्खाको धरोहर ।। ◘ रवि थापा फूलासी–५ रामेछाप, |
कला चाहिदोरहेछ
कसैको आदर्श लाग्छ
ओइलिएको फूल जस्तो कसैको सिद्धान्त लाग्छ च्यातिएको झुल जस्तो कसले गर्ला यो समाजको हित देश पनि लाग्न थाल्यो भत्किएको पुल जस्तो सिर्जनाको नशामा डुव्न पनि भावनाको कलम चाहिदो रहेछ सफलताको शिखर चढ्न पनि भावनाको आँट चाहिदो रहेछ सोचे जस्तो नभइदिदा जीवन कहिले त यस्तो लाग्छ आफ्नै प्रियसीलाई चुम्न पनि कला चाहिदो रहेछ ।। - इन्दिरा थापा
|
तुसारो ताप्न छाड पुषको तुसारोे तापेर
ताराहरुको उज्यालोमा रमाउँदै, तस्बिर खिचाउँन पर्खिरहेछन् एक हुल स्वाभीमानीहरु फोटो स्टुडियोमा ! कलियुगको प्रतिनिधित्व गर्दै मिथ्या कर्म अगाँलेर जीवनको रंगमञ्चमा तछाँड मछाँड गरिरहेछन् लेनिन,बुई र आइस्टाइन जन्माउने प्रतिबद्धतामा हस्ताक्षर गर्न लामबद्ध भिड छ सज्जनहरुको फोटो स्टुडियोमा ।। तर, विडम्बनाता, तिम्रा प्रतिबिम्बहरुमा बास्तविकता नझुलेर चिच्याउदैछन् पात्रहरु, बिचारको ज्वाला बालेर कुकृत्यको अन्त्य गर्न हौसिएका छन् बुज्रुकहरु किनकी, मिर्मिरेले रातलाई नचिने झै तिम्रा तस्विरहरुले तिमीलाई चिन्दैन रे पागलहरु लाई देख्दैनन् रे बुज्रुकहरुलाई बुझ्दैनन् रे अपनत्व अँगालेर तिम्रै अपमानमा जुटिरहेको छ रे, त्यसैले, विवेकी मूर्खहरुको दाहसंस्कार गर्दै कोमल क्रुरहरुको अन्त्य गरी पागल, बुज्रुकहरुको उदार गर्ने आत्मस्वतन्त्रताको रुपमा मौलिकता फुलाएर बाच्नलाई तुसारो ताप्न छाड । स्टूडियोम अर्धनग्न तस्बिर खिच्न छाड ।। ◘ सर्गमञजरी ’कृष्ण’ खोटाङ–४ छिता पोखरी हालः महेन्द्र रत्न ताहाचल वियोगपत्थरको मन किन आज
दिन–दिन पग्लदै छ एक सुरमा बगेको खोला किन आज दोबाटोमा पुगी अल्झेको छ दिन विते रात अनि वर्ष वितिसके सम्झना यो मनबाट कत्ति पनि हटेन तिम्रै यादमा छट्पटीदै कति दिन विते तर तिम्रो रुपको दर्शन कहिल्यै पाइएन सँगै हास्दै खेल्दै बितेका थे सुरुका दिन बीच बाटामै हात छाड्यो सोच्यारैछौ घृणा हरक्षण छाडी गयौ तिमी टाढा–टाढा किन बियोेगमा छटपट्दिै बाँचिरैछु हरक्षण बेसुरको बेढंगको बेचैन भाछ जीवन मेरो अन्तिम क्षणमा जीवनको मागिराछु साथ तिम्रो ।। - इन्दिरा थापा किसानघाम पानी अनि आँधी हुरीको परवाह नगरी
बिहानीको प्रभात सँगै खेतबारीमा पौँठाजोरी खेल्न पुग्छ किसान उसलाई कुनै विश्रामको आवश्यकता पर्दैन किनकी उसले पसिनाले माटो भिजाउन जानेको छ मेहेनतले अन्न भित्राउन जानेको छ । ऊ उदार हृदयले भरदिन परिश्रम गर्छ बेलुकीको गाँस टिपाई सँग मिठो तन्द्रामा हराउँछ भरदिन परिश्रमको पसिना सम्झेर होला सायदःनिन्द्रादेवीले किसानलाई मिठो सपना देखाउँछिन ऊ सपनामा हराउँछ, मेहेनतमा रमाउँछ भोलिपल्ट बिहानै ऊ खेतमा पुग्छ सपनामा देखे झै उसले पसिनाले माटो भिजाएर लगाएको बीउ बिजन एंव अन्न बालीहरु लहलह हावाको झोक्कासँगै बहेली खेलेको देख्छ अनि उसको मन भित्रैदेखि हर्षले हर्ष विभोर भई फुरफुर नाच्न थाल्दछ सायदः यस्तै अथाह मेहेनत र परिश्रम गर्न सकेर नै होला मानो खाएर मुरी उब्जाउने जात भनेर सिसानलाई चिनिन्छ ।। - इन्दिरा थापा किन ?यदि भावनाभित्र देवता भेटिन्छ भने
सधै मन्दिरमा धाउँछौ किन खहरेको पानीले तिर्खा मेटिन्छ भने सधैँ सागरमा जान्छौ किन दीयोको उज्यालोले अँध्यारो छिचोलिन्छ भने टुकि बक्तीको साहारा लिन्छौ किन तिखो वचनले मुटु बिझाउँछ भने बोलीको प्रतीक्षामा बस्र्छौ किन चौतारीको छाँयाले शितल हुन्छ भने हिमालको फेदीमा पुग्छौ किन यदि यात्रा नै अधुरो हुन्छ भने झुटो आशा देखाउदै अघि बढ्यो किन ।। - इन्दिरा थापा |